एमाले विधान महाधिवेशनमा प्रभु साह गएनन्
फाइल तस्बिर

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहले एमालेको विधान महाधिवेशन बहिस्कार गरेका छन् । उनले एमालेको विधान महाधिवेशनमा आफ्ना मागहरू पूरा नभएको भन्दै बहिस्कार गरेका हुन् ।

यसअघि उनले एमाले तत्कालीन नेकपाकै निरन्तरताका रूपमा अगाडि बढाउनु पर्ने माग राखेका थिए । 

त्यसअघि उनले आफ्नो नेतृत्वमा आइटी आर्मी बनाएका थिए । यो आइटी आर्मीलाई पनि नेकपा एमालेले वैधानिकता दिनु पर्ने उनको माग थियो ।

तर, यसलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरेको आरोप उनले लगाएका छन् । 

आफ्ना माग पूरा नभएकाले विधान महाधिवेशनमा उनी सहभागी भएका छैनन् । यसअघि साहले छुट्टै पार्टी खोल्ने वा नयाँ अभियान सुरू गर्ने चर्चा भएको थियो । उनी महाधिवेशनमा सहभागी नभएपछि यो अड्कललाई थप बल पुगेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया