एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै डा. बद्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । अक्टोबरमा हुने संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ । 

 डा.केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् । 

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्ने डा. केसीले जनाएका छन्।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेम राज शर्मा (युके),  महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान),  धर्मराज अधिकारी (अष्ट्रेलिया)  यसमिन बेगम सैयद (साउदी अरब) लाई अघि सारेका छन । 

युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका),  यस्तै सचिवमा रामशरण सिंखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोक प्रसाद दाहाल (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) केसीको पक्षमा उभिएका छन् ।  त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया