logo-img

सीमामै ठगिन्छन् दसैँ मनाउन घर फर्कने नेपाली

दसैँ–तिहार मनाउनका लागि भारतबाट नेपाल आउनेहरू सीमानाकामा ठगिन थालेका छन् । भारतबाट नेपाल आउँदा बाँकेको नेपालगञ्जस्थित रूपौडिया नाका रिक्साचालक, सुरक्षाकर्मी, होटल व्यवसायी र गाडीका दलालले ठग्ने गरेका हुन् ।

भारतमा ज्यालादारी तथा चौकीदारी गरेर दसैँतिहारका लागि घर फर्किने नेपाली ठगिने र लुटिनेक्रम कम भएको छैन ।  सीमानाकामा रूपौडियामा भारतीय तथा नेपाली सुरक्षाकर्मीको मिलेमतोमा नै ठग्ने गरेको हिमाञ्चलमा स्याउ टिप्ने र बोक्ने मजदुरी गर्दै आएका सुर्खेत लेकबेसी नगरपालिका–५ का जनक बिकले बताए ।

‘एउटा रिक्सा चालकले हामी १० जनालाई सीमापारी रूपैडिहाबाट नेपालगञ्जसम्मको प्रतिव्यक्ति भाडा ५ सय भारु लग्यो । एसएसबीको बैरियरमा उतारेर रिक्सा चालक भाग्यो । एसएसबीलाई हामीलाई ठगेर भागेको भन्दा उनीहरूले कुनै कारबाही नै गरेनन्,’ उनले भने ।

रूपौडिहामा नेपालगञ्ज तथा भारतीय होटल सञ्चालक, रिक्सा चालक तथा अन्य व्यक्ति भारी नबिसाउँदै आफूहरूलाई आफ्नोमा जाउँ भनेर तानातान गर्ने गरेको कालीकोट रास्कोट नगरपालिका–६ का सूर्य फडेराले बताए । ‘सबै मिलेका हुन्छन् । हामी निम्छरालाई जता पनि ठग्नेबाहेक अरू केही गर्दैनन्,’ उनले भने, ‘सुरक्षाकर्मीलाई भन्दा पनि उनीहरू नसुनेको झैँ गर्छन् ।’

सुरक्षाकर्मीकै मिलेमतोमा ठगी

रूपौडिया नाकामा प्रहरीहरूले आफैँले रकम असुली गर्ने गरेका पीडितहरूको गुनासो छ । नाकामा प्रहरीले सामान ल्याएको भनेर खुलारूपमा रकम असुली गरिरहेको फर्किनेहरूको गुनासो छ । 



भारतबाट आउने नेपाली ठगिएको विषयमा सिभिल पोसाकमा प्रहरी परिचालन गर्दा १७ जना प्रहरीलाई कारबाही गरेर जिल्ला तानिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी बताए ।

‘ठगीमा र रकम असुलीमा संलग्न केही बिचौलियालाई पक्राउ गरेर निगरानी बढाइएको छ,’ उनले भने, ‘भारतबाट फर्किने नेपालीको चाप बढेसँगै सीमा क्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाले ठगी र लुटपाट गरिरहेका छन् ।’



  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया