कतारले तालिबानलाई भन्यो– इस्लामिक शासन कसरी चलाउने भन्ने हामीबाट सिक
फरकधार / १५ असोज, २०७८

अफगानिस्तान कब्जा गरेपछि पनि तालिबानको व्यवहारमा सुधार नआएपछि  खाडी राष्ट्र कतारले तालिबानप्रति असन्तुष्टी व्यक्त गरेको छ । 



खासगरी महिलाहरूप्रति तालिबानले गर्दै आएको व्यवहारले सबैलाई निराश बनाएको कतारले जनाएको छ । यस्तो व्यवहारले तालिबान झन्झन् पछि जाने कतारले दाबी गरेको छ । 

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अम्दुलरहमान अल थानीले इस्लामिक शासन कस्तो हुन्छ भन्ने कतारबाट सिक्न पनि तालिबानलाई आग्रह गरेका छन् । 



‘अफगानिस्तानमा हालै गरिएको फैसला दुर्भाग्यपूर्ण छ । यो एकदमै निराशाजनक छ,’  कतारका विदेशमन्त्री थानीले पत्रकार सम्मेलनमा भने । 



  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १७:५२:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया