logo-img

निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस मनाइएको छ । 

विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए । 

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्तेज गर्न दृढ संकल्पित रहेको बताए । 

हालको परिस्थितिको कुनै पनि प्रवाह नगरी संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको उनले जनाए । 

‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने । 

प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल बनाई नेपाल प्रहरीको संस्थागत विकास मार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न उनले विशेष आग्रह गरेका थिए । 



विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतिय संजालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलिहरुप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको उनले बताए ।      



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १५:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया