सामाजिक सञ्जालमा आएको अभद्र कमेन्टबाट हैरान स्वरा भास्करले दिल्लीमा दर्ता गरिन एफआइआर
फरकधार / २५ असोज, २०७८

बलिउड अभिनेत्री स्वरा भास्कर प्रायः चर्चामा रहन्छिन् । कहिले सामाजिक सञ्जालमा ट्रोल कहिले कडा प्रतिक्रिया । उनी समाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाउने मध्येमा पर्छिन् । 



तर पछिल्ला दिन भने उनी सामाजिक सञ्जालमा आएका अभद्र कमेन्टले हैरान बनेकी छन् । जसका कारण उनी प्रहरी चौकीसम्म पुगिन् र एफआइआर दर्ता गरिन् । ​

स्वराले दिल्ली प्रहरीमा एफआइआर दर्ता गरेकी हुन् । प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । उनले आफूमाथि अनलाइन र्दुव्यवहार भएका बताएकी छन् । 



उजुरीमा स्वराले आफ्नो एक फिल्मको एउटा सिनलाई लिएर आफूमाथि बारम्बार अभद्र टिप्पणी भएको उल्लेख गरेकी छन् । 



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार २१:५६:१५,   अन्तिम अपडेट : असोज २५, २०७८ साेमबार २१:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया