logo-img

महोत्तरीमा सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी एक महिलाको हत्या

महोत्तरीमा चोरी गर्न हिँडेको अज्ञात समूहले एक महिलाको हत्या गरेको छ । 

जिल्लाको महोत्तरी गाउँपालिका–३ मा पर्ने डाम्हि मडई गाउँमा बुधबार राति चोरी गर्न पुगेका केही अज्ञात व्यक्तिले स्वर्गीय लालकिशोर झाकी ४२ बर्षीया पत्नी शिलादेवी झामाथि हथौडा प्रहार गरेर हत्या गरेको हो । 

झामाथि राति करिव १÷२ बजेको समयमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । 

शिलाको शव मृत अवस्थामा ओछयानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १४:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया