बेरुतमा प्रदर्शनका क्रममा गोली चल्दा ६ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा एक प्रदर्शनका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् ।

गत वर्ष बेरुतको बन्दरगाहमा २१९ जनाको मृत्यु हुनेगरी भएको शक्तिशाली विस्फोटको छानविन गरिरहेका अनुसन्धानकर्ताको विरोधमा प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा हिज्बुल्लाह र अमाल नामको संगठनका समर्थकले अनुसन्धानमा संलग्न न्यायाधीस तारेक बिटरलाई परिवर्तन गर्न माग गरिरहेका बेला गोली चलेको हो ।

हिज्बुल्लाह र उसका सहयोगी संगठले बिटरमाथि पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । तर पीडितका परिवार भने बिटरको समर्थनमा देखिएका छन् ।

गत वर्ष भएको विस्फोटको छानविनका क्रममा हिज्बुल्लाहका सहयोगी पूर्व क्याबिनेट मन्त्रीविरुद्ध जानिबुझी लापरबाहीको आरोप लगाएको उनीहरुको भनाई छ । 
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ८:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया