पक्राउ परेका भारतीय क्रिकेटर युवराज सिंह अन्तरिम जमानतमा छुटे

भारतका पूर्वक्रिकेटरलाई हिसारको प्रहरीले जातिगत टिप्पणी गरेको आरोपमा पक्राउ गरेको छ । तर, उनी पक्राउ परे लगत्तै अन्तरिम जमानतमा पनि छुटेका छन् ।

उनी गिरफ्तार भएको समाचार आइतबार अबेर राति भारतीय मिडियामा पहिलो पटक आएको थियो । 

उनले सामाजिक सन्जाल इन्स्टाग्राममा जातिगत टिप्पणी गरेको आरोप लागेको छ ।
 

हाँसीका रजत कमलसन नामका एक युवाले कयौँ धाराहरु उल्लेख गर्दै युवराज सिंहविरुद्ध प्रहरीमा एफआइआर दर्ज गरेका थिए । 
 

हाँसीकी प्रहरी एसपी निकिता गलहोतले युवारज सिंह अदालतको निर्देशनअनुसार नै छानबिनमा सहभागी भएको र उनलाई अन्तरिम जमानतमा छोडिएको जानकारी दिएकी छिन् ।
 

निकिताले अहिले प्रहरीले युवराज सिंहको फोन गिरफ्तार गरेको र यसमाथि छानबिन भइरहेको बताएकी छिन् ।
 



कलसनले चाहिँ युवराजले आफ्नो इन्टाग्राममा लाइभ आउँदा अन्य खेलाडीमाथि जातिगत टिप्पणी गरेको आरोप लगाएका थिए ।

यही विषयमा युवराजले चाहिँ आफूलाई निर्दोष बताएका छन् । उनले आफूविरुद्ध दर्ता गरिएको एफआइर रद्द गर्नका लागि पनि अपिल गरेका छन् ।



अघिल्लो वर्षको लाइभको विषयमा अहिले विवाद गरिएको भन्दै युवराजले यसबारे खेद पनि प्रकट गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २०:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया