अधिवक्ता अर्यालयको अपिल : प्रधानन्यायाधीशको राजीनामा वा महाअभियोगको माग गरौं

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्नु पर्ने अवस्था आएको बताएका छन् । उनले राजीनामा नदिए महाभियोग लगाएर भए पनि उनलाई हटाउनु पर्ने बताएका छन् ।

यसका लागि नागरिक प्रदर्शनको घोषणासमेत गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

प्रधानन्यायाधीश जबराले पदमा बसिरहने नैतिक आधार गुमाइसकेको भन्दै उनले यो तर्क गरेका हुन् । 

माइक्रोब्लगिङ साइट ट्विटरमा उनले लेखेका छन्, ‘वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाइ सक्नुभएको छ । अब उहाँको पदीय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनुपर्दछ । राजीनामा वा महाभियोगको मागसहित नागरिक प्रदेश कार्यक्रम घोषणा गर्नेतर्फ सोचौं ।’ 

अधिवक्ता अर्याल उनै हुन्, जसले जबराविरुद्ध संवैधानिक परिषद्मा भागबण्डा लिएको भन्दै रिट दायर गरेका छन् । 

१० महिना हुँदा पनि उनले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइसमेत भएको छैन । त्यसले गर्दा पनि जबराले न्यायिक धर्म निर्वाह नगरेको आरोप खेप्दै आएका छन् ।



तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बसाएर बहुमतको आधारमा विभिन्न संवैधानिक निकायमा नियुक्ति दिलाउँदा जबराले पनि भाग लिएको विषयलाई लिएर अर्यालले रिट दायर गरेका हुन् । 




  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १२:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया