क्षयरोगको परीक्षण अब कालीकोटमा नै हुने

क्षयरोगको परीक्षण अब कालीकोट जिल्लामा नै हुने भएको छ । जिल्ला अस्पताल कालीकोटमा नै क्षयरोगको सुक्ष्मदर्शक यन्त्र(जिने एक्स–पोर्ट)को जडान गरेर जिल्लामा नै क्षयरोगको परीक्षण हुने भएको हो । 

क्षयरोग रोगका शंकास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिए पनि अब आधुनिक मेसिनबाट कालीकोट जिल्लामा क्षयरोगको परीक्षण हुने भएको हो ।

क्षयरोग लागेको शंका लागेमा बिरामीलाई (जिने एक्स–पोर्ट) परीक्षण हुने भएको हुँदा जिल्लाबासीलाई ठूलो राहत भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 

‘यसको नियमित संचालनका लागि र भरपर्दो सेवा दिन जनशक्तिको अपुग हुन नदिन जरुरी छ’, उनले भने,‘अब क्षयरोगको भरपर्दो परीक्षण गर्न अब जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।’

यस्तै अस्पताल प्रमुख डा.रत्नवीर सुनारले विगतमा सामान्य विधिवाट क्षयरोगको परीक्षण गरेपनि अब विश्वासिलो तरवरमा (जिने एक्स–पोर्ट) बाटै जिल्लामा परीक्षण गर्न पाउनु गौरवको विषय रहेको बताए । 

जनस्वास्थ्य अधिकृत कटक महतले कालीकोट अस्पताल विगतका दिनहरुभन्दा सुधार हुदै गएको बताए । जनशक्ति देखि उपकरणको अभाव झेल्दै आएको अस्पतालले विस्तारै सबै सेवा उपलब्ध गराउदै आएको उनले बताए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १२:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया