टि-२० विश्वकप : सुपर १२ मा नामिबियाको सुखद् सुरुवात

आइसिसी टि-२० विश्वकपमा नामिबिया जित हात पारेको छ । उसले सुपर १२ को समूह ‘२’अन्तर्गत बुधबारको खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै पहिलोपटक विश्वकपको सुपर १२ मा पुग्न सफल नामिबियाले सुखद् सुरुवात गरेको छ। 

स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य नामिबियाले १९.१ बलमा ६ विकेट गुमाएर पूरा गर्‍याे ।

नामिबियाको जितमा जेजे स्मितले अविजित रहँदै ३२ रन बनाए । क्रेग विलियम्सले २३ र माइकल भान लिन्गनले १८ रन जोडे ।
 
स्कटल्याण्डका माइकल लास्कले २ तथा क्रिस ग्रेभ्स, ब्राड व्हिल, मार्क वाट र साफ्यन शारिफले १/१ विकेट लिए ।

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि माइकल लास्कले सर्वाधिक ४४ रन जोडे । यस्तै क्रिस ग्रेभ्सले २५ र म्याथ्यु क्रसले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 



नामिबियाका रुबेन ट्रम्पलम्यानले ३, जान फ्राइलिंकले २, जेजे स्मित र डेविड विसेले १÷१ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै नामिबियाले २ अंक जोड्दा स्कटल्याण्डको यो लगातार दोस्रो हार हो । उ पहिलो खेलमा अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।  



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ७:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया