logo-img

श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । 

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल, दूतावासका कर्मचारी सहित  नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थिए । 

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमूलक भएको दाबी मन्त्री श्रेष्ठले गरे । 

कार्यक्रममा युएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतिबारे छलफल भएको थियो । 

नेपालको महत्वपुर्ण श्रम गन्तव्यका रुपमा रहेको युएईमा २ लाख भन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरुले कोभिड महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यन्वयनको बिषयमा ध्यानाकर्षण गराएका थिए । 

आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागि हुन युएई गएको मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १२:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया