logo-img

एएफसी यु-२३ एसियन कप छनोट : सुखद् अन्त्यकाे खाेजीमा नेपाल

एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले आज(आइतबार) आफ्नो अन्तिम खेलमा लेबनानको सामना गर्दैछ ।

खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेल गुमाएको नेपाल लेबनानलाई हराउँदै जितका साथ प्रतियोगिताको अन्त्य गर्ने प्रयासमा हुनेछ ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरकोे हार बेहोरेको थियो । 

लेबनान पनि पहिलो जितको खोजीमा हुनेछ । उ पहिलो खेलमा ताजिकिस्तान र दोस्रो खेलमा इरानसँग पराजित भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ७:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया