अल्फा केयरले गर्दैछ बदमासी, सोधियो स्पष्टीकरण

काठमाडौंको बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोनिस्टकले पीसीआरको शुल्क तोकेभन्दा बढी लिने गरेको खुलेको छ ।  

त्रिभुवन विमानस्थलबाट अन्य देश जाने यात्रुहरूबाट सो हेल्थ केयरले तोकेभन्दा बढी पीसीआर शुल्क लिने गरेको पाइएको हो । 

वीर अस्पतालमा १ हजार २० रुपैयाँमै पीसीआर भइरहेको अवस्थामा अल्फा हेल्थ केयरले भने प्रतियात्रु १२ सय रुपैयाँभन्दा बढी असुलिरहेको खुलेको हो । पीसीआर शुल्कमा बदमासी गरेपछि सो हेल्थ केयरलाई कारबाहीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन  विमानस्थललाई पत्रसमेत पठाएको छ ।  

विमानस्थलले सो हेल्थ केयरलाई तोकेभन्दा बढी शुल्क नलिन पनि दिर्नेशन दिइसकेको छ । पछिल्लो समय अल्फाले पीसीआर परीक्षण शुल्कमा बढी शुल्क असुलिरहेको भनेर निरन्तर गुनासो आइरहेको थियो । 

यात्रुहरूको व्यापक गुनासोपछि केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्रयोगशालाको निरीक्षण पनि गरेका थिए । निरीक्षणका क्रममा अल्फा केयरले बढी शुल्क लिइरहेको पाइएपछि उसलाई कारबाही गरिएको विमानस्थलले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १९:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया