पार्टीको अधिवेशनलाई जीवन-मरणको लडाइँ नबनाउन सहमहामन्त्री महतको आग्रह

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले राम्रा कामको थालनी गरेको भए पनि त्यसको प्रचार हुन नसकेको बताएका छन् । 

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको दाबी गरे । 

वर्तमान सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उनले बताए । 

डा.महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताए ।

अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसके उनको आरोप छ । ओली सरकार असफल भएपछि नेपाली नागरिकको इच्छाबमोजिम कांग्रेस नेतृत्वमा यो सरकार निर्माण भएको उनले स्पष्ट पारे ।  

आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी आमनिर्वाचनको तयारीमा जुट्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए । 



पछिल्लो समय पार्टीको अधिवेशनलाई कतिपयले जीवन मरणको लडाइँ ठानेको भन्दै उनले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रुपमा नलिन आग्रह गरे ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १७:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया