तिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी स्थानमा लगाइँदैछ कोरोना खोप
फाइल तस्बिर

तिहार मनाउन काठमाडौं बाहिर जानेहरूलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन थालिएको छ । काठमाडौंको विभिन्न चार क्षेत्रबाट आज र भोलि खोप लगाउन थालिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा आजदेखि खोप लगाउन थालिएको हो । 

खोप भोलिसम्म लगाउन पाइनेछ । त्यसका लागि बिहान ७ः३० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिनेछ । 

ती क्षेत्रबाट पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 

खोप लगाउनको लागि नेपाली नागरिक भएको परिचयपत्र अनिवार्य चाहिनेछ । दोस्रो डोज खोप लगाउनको लागि भने पहिलो डोज खोप लगाएको खोप कार्ड आवश्यक पर्नेछ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १४:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया