logo-img

सत्तारुढ गठबन्धन राष्ट्रिय सभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलेर जाने

सत्तारुढ पाँचदलीय गठबन्धन राष्ट्रिय सभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलेर जाने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धनको बैठकमा यस्तो सहमति जुटेको हो । 

आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने र राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचन पनि मिलेर अघि बढ्न समझदारी बनेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र बनाउने निर्णय पनि गरेको छ । 

संयन्त्रमा ५ दलबाट २–२ जना सदस्य रहनेछन्। सरकारको प्रतिनिधिका रूपमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन्।

संयन्त्रको नेतृत्व सुरुको दुई महिना पौडेलले गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्ने सहमति भएको छ।
संयन्त्रको बैठकमा प्रधानमन्त्री पनि सहभागी हुनेछन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार २१:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया