logo-img

विश्वकप छनोट : क्रोएसियाको शानदार जित

विश्वकप युरोपियन छनोट अन्तर्गत बिहीबारराति भएको खेलमा क्रोएसियाले घरेलु टोली माल्टामाथि ७–१ को फराकिलो जित हात पारेको छ ।

इभान पेरिसिकले खेलको छैटौं मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा डुजे कालेटा कारले क्रोएसियाको अग्रता दोब्बर बनाएका थिए ।

३१औं मिनेटमा मार्सेलो ब्रोजोभिचले आत्मघाती गोल गरेपछि माल्टाले गोल अन्तर २–१ मा झारेको थियो । 

३९औं मिनेटमा मारियो पासालिच र पहिलो हाफको थप गरिएको समयमा लुका मोड्रिचले गोल गर्दै खेललाई ४–१ को अवस्थामा पुर्‍याए ।

४७औं मिनेटमा लोभ्रो मजेरले टोलीका लागि पाँचौ गोल गरे । ५३ औं मिनेटमा  आन्द्रेज कार्मरिचले गोल गर्दै क्रोएसियालाई ६–१ ले अघि बढाए ।

६४औं मिनेटमा मजेरले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रोएसियाले ७–१ को फराकिलो जित हात पारेको हो ।



यो जितसँगै क्रोएसिया ९ खेलबाट २० अंक जोड्दै समूह ‘एच’ को दोस्रो स्थानमा रहँदा समान खेलबाट ५ अंकका साथ माल्टा पाँचौ स्थानमा छ ।

यही समूहको अर्को खेलमा स्लोभाकिया र स्लोभानियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।



छनोट अन्तर्गत बिहीबार नै भएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ८:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया