आफूनिकट पत्रकारलाई नेपालको आग्रह : जाडरक्सी नखानुहोला, नत्र राम्रो मान्दिन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट पत्रकारलाई जाडरक्सी नखान निर्देशन दिएका छन् ।

उन पार्टीनिकट पत्रकारले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन् । पार्टीनिकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपालले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारलाई आग्रह गरे ।

 ‘तपाईंहरूमा पनि साँझ पर्नेवित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन । तपाईंको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु– रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ,’ नेपालले भने, ‘तपाईंको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ ।’

उनले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारलाई आग्रह गरे । नेपालले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको पनि दाबी गरे । 

त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १३:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया