राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा

न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । 

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । 

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न जबरालाई सुझाव दिए । 

जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने बताए ।
 
जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् । 

उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् । –न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १२:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया