प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश

विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एकजना न्यायाधीशलाई निर्घात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन् । 

बिहीबार दिउँसो दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरूले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए ।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी विक्षिप्त भएको बताइएको छ । 

प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरूलाई पनि कुटेका थिए । 

अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरू मुछिएको भनिएको मुद्दाको सुनुवाइ स्थगित भएको छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १०:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया