logo-img

रेल चढेर भारत जान नेपाली र भारतीयबाहेकलाई निषेध

नेपालको रेल विभागले जनकपुर–कुर्था–जयनगर रेलमा नेपाल र भारतका नागरिकलाई मात्र यात्रा  गर्न अनुमति दिने भएको छ । भारतीय अधिकारीहरूले सुरक्षा जोखिमको प्रश्न उठाएका कारण नेपाल र भारतबाहेक अन्य देशका नागरिकलाई रेल प्रयोगमा रोक लगाउने तयारी गरिएको हो । 

गत महिना दुई मुलुकबीच रेल सञ्चालन गर्नेबारे भएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युर (एसओपी) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको छ । दिल्लीमा नेपाल र भारतले एसओपी सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा दुई देशबीच रेल सञ्चालनका लागि अपनाइने प्रक्रियाको रूपरेखा उल्लेख छ।

भारतले सुरुदेखि नै नेपाल र भारतबाहेक अरू देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो। नेपालले भने भारतको यस्तो प्रस्ताव अस्वीकार गर्दै आएको थियो। 

नेपालभित्र तेस्रो देशका नागरिक रेल चढ्न पाउने भए पनि भारत जानलाई रोक्ने सहमति भएको थियो। कात्तिक ५ गते भारतले नेपाललाई ३४.९ किलोमिटर लामो कुर्था–जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो। भारतको सीमा सुरक्षा चासोकै कारण उक्त सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २०:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया