logo-img

के छ भूपेन्द्रजंगले अघि सारेको 'नेपाली कांग्रेस : रूपान्तरणको प्रस्ताव'मा ?

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले 'नेपाली कांग्रेस : रूपान्तरणको प्रस्ताव' अघि सारेका छन् ।

उनले जारी गरेको ३० बुँदे प्रस्तावमा आगामी महाधिवेशनपछि गतिशील कांग्रेसका लागि ऊर्जाशील नेतृत्त्व हुनुपर्ने उल्लेख गरेका छन् ।

त्यसो भए समावेशी र समृद्ध नेपाल निर्माणको दायित्व कांग्रेसले पूरा गर्ने उनको ठम्याइ छ ।

दलितबाट एक जना केन्द्रीय महामन्त्री बनाउन, समानुपातिक सांसद एकपटक भइसकेकालाई नदोहोर्‍याउन र पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत युवा समावेश गराउन प्रस्ताव उनले गरेका छन् ।

कांग्रेसबाटै भ्रष्टाचार विरोधी अभियान थाल्न, क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया महाधिवेशनको ६ महिना अगाडि बन्द गर्न, प्रदेश समितिलाई प्रदेश सांसदको, गाउँरनगर, उपमहानगर र महानगरमा उम्मेदवार बनाउने अधिकार जिल्ला समितिलाई बनाउन पनि उनको प्रस्ताव छ ।

उनको अर्को प्रस्ताव प्रतिनिधिसभामा समानुपातिक सांसद हटाउनुपर्ने भन्ने छ । उनले कुनै वर्ग, जाति, समुदाय र प्रतिष्ठित व्यक्ति छुटे राष्ट्रियसभामा प्रतिनिधित्व गराउन सकिने बताएका छन् ।



१४ औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री वा कर्णाली सभापतिमध्ये एकमा उम्मेदवारी दिने उनको तयारी छ ।

उम्मेदवारी घोषणा मात्रै गर्नुभन्दा पार्टीलाई गतिशील बनाएर लान वैचारिक छलफल गर्न रूपान्तरणको प्रस्ताव अघि सारिएको उनले स्पष्ट पारे ।



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया