प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेदेखि सुरु हुने भएको छ ।
संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
यसअघि प्रदेशसभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।