फ्रान्सबाट बेलायत जान लागेको डुंगा डुब्यो, ३१ आप्रवासीको मृत्यु

फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरूले हवाई जहाज र डुंगाबाट उद्धार गरेका छन् ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सो घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुईजनाको मात्र उद्धार भएको जानकारी दिएका छन् ।

दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् । 

बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

दुर्घटना भएको नहर विश्वकै व्यस्त जलमार्ग मानिन्छ ।   
 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ८:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया