कांग्रेस अधिवेशन : कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी

रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् । 

क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । खाँले २० मतको अन्तरले टेक बहादुर शाहीलाई पराजित गरेका हुन् । उपाध्यायले हरि प्रसाद पोख्रेललाई २३ मतको अन्तरले पराजित गरेका छन् । 

क्षेत्र नम्बर ३ मा उपाध्यायको प्यानल नै विजयी भएको छ । यसै गरी विवादका कारण रोकिएको क्षेत्र नम्बर २ को मतगणना दिउँसो २ बजेपछि सुरु भएको छ । 

यसैगरी जिल्ला सभापतिका दाबेदारी गरेका तीन जना महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका हरि राज घिमिरे, लोक नाथ शर्मा र सोहरत तेली पराजित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १९:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया