कामदारको मृत्यु तथ्यांक संकलन सुधार गर्न कतार तयार

एमनेस्टी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनपछि कतारले कामदारको मृत्युको तथ्यांक संकलनमा सुधार गर्ने भएको छ । एमनेस्टीको प्रतिवेदनपछि अन्तर्राष्ट्रिय रूपमा नै आलोचना खेपेको कतारले अन्ततः मृत्युलगायत घाइतेको तथ्यांक संकलनमा थप सुधार गर्ने भएको हो ।

आप्रवासी कामदारको मृत्युको दस्तावेजीकरण गर्ने तरिकामा अधिकार समूहहरूद्वारा सुधारको लागि आह्वान गरेपछि कतारले पछिल्लो कदम चालेको हो । जसअन्तर्गत यहाँको श्रम र स्वास्थ्य मन्त्रालयहरूले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा कामसम्बन्धी चोटपटक र मृत्युलाई सम्बोधन गर्ने र कार्यस्थल सुरक्षामा सुधार सहयोग गर्न तथ्यांक संकलनमा सहयोग गर्ने उद्देश्य जस्ता बुँदाहरू समेटिएका छन् । श्रममन्त्री डा. अलि बिन सइद बिन स्माइख अल मारी र जनस्वास्थ्य मन्त्री डा. हानान मोहम्मद अल कुवारीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यो सम्झौता एमनेस्टी इन्टरनेशनलको ‘रियालिटी चेक’ शीर्षकको हालैको रिपोर्ट र आइएलओको  प्रतिवेदन दुवैको प्रतिक्रियाको रूपमा आएको हो । जसमा दुवैले प्रवासी कामदारहरूको चोटपटक र मृत्युको बारेमा कतार सरकारले अन्तर देखाएको तथ्यांक सार्वजनिक गरेको थियो । 

आइएलओको अध्ययनले कतारमा आधारित प्रमुख संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कको आधारमा २०२० मा रेकर्ड गरिएका कार्य सम्बन्धित चोटपटक र मृत्युको विस्तृत विवरण राखेको बताइएको छ।

यसले कतारमा झण्डै ५० कामदारको मृत्यु भएको र ५०० भन्दा बढी गम्भीर घाइते भएको खुलासा गरेको छ । साथै, उसले ३७ हजार ६ सयलाई सामान्य चोटपटक लागेको उल्लेख गरेको छ ।  आईएलओले थप छोटो तथ्याङ्क सङ्कलन र अनुसन्धानका लागि पनि आह्वान गरेको थियो ।  



अन्तर्राष्ट्रिय समुदायले कतारको श्रम सुधार सम्बन्धी प्रमुख कदमहरूको खुलेर प्रशंसा गरेका छन् । कतार आईएलओको कार्यालयको आयोजना गर्ने क्षेत्रको एक मात्र देश हो । यो कदमलाई अधिकार उल्लङ्घनमा उठेका चिन्ताहरूलाई सम्बोधन गर्न दोहाको प्रतिबद्धताको प्रमाणको रूपमा हेरिएको अधिकारकर्मीले बताएका छन् ।

कतारले गरेको प्रमुख सुधारमध्ये यस क्षेत्रको पहिलो गैर–भेदभावपूर्ण न्यूनतम ज्यालाको परिचय थियो । जसअन्तर्गत रोजगारदाताहरूले खानाका लागि कम्तिमा ३ सय कतारी रुपैया र आवासको लागि पाँच सय र १ हजार कतारी रुपैयाँको न्यूनतम मासिक आधारभूत ज्याला तिर्नुपर्छ । कतारले उल्लङ्घनहरू पत्ता लगाउन, छिटो दण्डहरू लागू गर्न र श्रम निरीक्षकको क्षमतालाई थप सुदृढ गर्न बोर्डभर निगरानीलाई  समेत बढाएको छ।



यता कतारको श्रम मन्त्रालयले आइएलओको प्रतिवेदनलाई स्वागतका साथै सिफारिसहरूको समीक्षा भइरहेको पुष्टिसमेत गरेको छ।

यसैबीच, संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कतारस्थित कार्यालयले पनि सो सम्झौताको स्वागत गर्दै यसलाई ‘सकारात्मक र महत्त्वपूर्ण विकास’ को रूपमा लिएको स्रोतले जनाएको छ ।  

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ९:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया