भानुभक्त ढकालले गरे सचिवमा उम्मेदवारी घोषणा

नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबारबाट सुरु हुन लागेको १०औं राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । 

सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको ढकालले बताए ।

महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भने, ‘मेरो मात्र हैन, कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस् भन्नेछ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’
 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १०:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया