एमाले महाधिवेशन : शौचालय नहुँदा नेताकार्यकर्ता सार्वजनिक स्थानमै शौच गर्न बाध्य

चितवनको भरतपुरस्थित नारायण किनारमा केही बेरपछि नेकपा एमालेको १० औँ अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा विभिन्न जिल्लाबाट आएका नेता/कार्यकर्ता सहभागी छन् । 

हजारौंको संख्यामा कार्यकर्ता सहभागी भएको महाधिवेशन स्थलमा एमालेले शौचालयको भने व्यवस्था गरेको छैन । 

व्यवस्थित शौचालय नहुँदा महाधिवेशनस्थलमा आएका प्रतिनिधि, नेता/कार्यकर्ताले खुल्ला शौच गर्न बाध्य भएका छन् । 

शौचालय व्यवस्थित नहुँदा महाधिवेशनमा भाग लिन आएका महिला प्रतिनिधिलाई बढी समस्या भएको छ । शौचालय अभाव हुँदा नेता/कार्यकर्ता शौच गर्न नारायणी किनारमा गइरहेका छन् ।   





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १२:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया