एमाले रहँदासम्म लोकतन्त्र तलमाथि हँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमाले रहँदासम्म लोकतन्त्रको भविष्यमा तलमाथि नहुने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले एमालेको पुनर्जागरण र पुनर्उदयको अभियानले देशलाई आश्वस्त तुल्याएको बताए । 'नेकपा एमालले पुनर्जागरण र पुनर्उदयको अभियानले देशलाई आश्वस्त तुल्याएको छ कि नेकपा एमाले रहुञ्जेल देश तलमाथि हुन पाउने छैन । लोकतन्त्र, जनताको भविष्य तलमाथि हुन पाउने छैन' उनले भने ।

उनले चितवनमा महाधिवेशन गरेर यो ठाउँको महत्त्वलाई उजागर गर्न लागेको बताए । उनले चितवन वामपन्थी र लोकतान्त्रिक आन्दोलनको केन्द्र बिन्दु रहेको बताए ।

'यो महाधिवेशन गर्न हामीले चितवन रोज्यौँ विभिन्नले विभिन्न अर्थ लगाएका छन् । देशकै मध्यभागमा पर्ने जिल्ला चितवन वामपन्थ र लोकतान्त्रिक आन्दोलनको केन्द्र विन्दु हो । चलन चलनचल्तीका भाषामा भन्नुपर्दा चितवन ७८ औँ जिल्ला अर्थात् ७७ जिल्लाका मानिस बसोबास गर्ने ठाउँ । यो ठाउँमा महाधिवेशन गरेर चितवनको महत्त्वलाई उजागर गर्न खोजेका छौँ' उनले भने ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १३:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया