यु-१९ राष्ट्रिय क्रिकेट : कर्णालीविरुद्ध बागमतीको रोमाञ्चक जित

वाइवाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगबारको खेलमा कर्णाली प्रदेशविरुद्ध बागमती प्रदेशले १ विकेटको रोमाञ्चक जित हात पारेको छ । 

७९ रनको समान्य लक्ष्य बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि विवेक मगरले सर्वाधिक १८, क्रिस कार्कीले १२ र उत्तम मगरले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

कर्णालीका अनुज चुनाराले ५, प्रकाश जैसी, युनिश सिंह र सुवास अयरले १/१ विकेट हात पर्दा १ विकेट रन आउटको रूपमा प्राप्त भयो । 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । उसका लागि निश्चल रावलले सर्वाधिक १५, सन्दीप शाहीले १४, विपिन रावलले १२ र रूपक दाहालले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
 
बागमतीका लागि गौतम केसीले ४, विशाल यादवले ३, क्रिस कार्कीले २ तथा विपुल खनालले १ विकेट हात पारे । यो जितसँगै बागमतीले ५ खेलबाट ४ अंक जोड्दा कर्णालीको २ अंक छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १३:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया