logo-img

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महिनामा एक खर्ब ६४ अर्ब निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । 

बैंकको चुक्ता पुँजी नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

यस्तै, बैंकको पुँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १४:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया