नाइजेरियामा डुंगा दुर्घटना, २९ बालबालिकाको मृत्यु

नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । 

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । 

क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु  थिए । 

नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ७:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया