अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधामन्त्री देउवाले भने, 'मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।'

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उनले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताए ।
 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १८:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया