सक्षम व्यक्ति नेतृत्वमा आउन जरुरी छ : नेता सिंह

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेशदेखि केन्द्रसम्म ठीक नेतृत्व चयन गर्नु पर्ने बताएका छन् । शुक्रबार आफ्नै समूहको बागमती प्रदेश उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई अहिलेको अवस्थामा राख्न नहुने बताएका हुन् ।

‘पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेशदेखि केन्द्रसम्म ठीक नेतृत्व चयन गर्नु पर्दछ । सक्षम व्यक्ति नेतृत्वमा आउन जरुरी छ’ उनले भने ‘पार्टीलाई अहिलेको अवस्थामा नै राख्ने हो भने कांग्रेस र जनताको भविष्य बिग्रन्छ । पार्टीमा सुधार आवश्यक छ ।’

साथै उनले सभापति पार्टीको अनुहार भएको भन्दै त्यसैअनुसार काम गर्नुपर्ने बताए । नेतृत्वलाई जनताले विश्वस नगर्दा गत चुनावमा पराजय भोग्नु परेको उनको भनाइ छ । 

लोकतन्त्र जोगाउनको लागि ठीक नेतृत्व र ठीक समूहलाई भोट दिनुपर्ने उनले बताए । नेता सिंहले बागमती प्रदेश सभापतिका उम्मेदवार जगदीश नरसिंह केसीको समूहलाई विजय गराउनसमेत आग्रह गरे । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार २०:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया