logo-img

मेस्सीकाे हाेटल भत्काउन अदालतकाे आदेश

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीकोस्पेनस्थित हाेटल तत्काल भत्काउने आदेश दिइएको छ ।

मापदण्डविपरीत  बनाएको भन्दै २६ मिलियन पाउण्डमा  खरिद गरेकाे चार तारे होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो । 

फरवार्ड मेस्सीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरो (२६ मिलियन पाउण्ड) मा  खरिद गरेका थिए।

७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा  छ। 

द सनका अनुसार यो होटलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउने
 आदेश दिएको हो ।

सात पटकका बलाेन डि ओर  विजेता मेस्सीले  हाेटल खरिद गर्दा आफुलाई याे मापदण्ड बिपरित रहेकाे थाहा नभएकाे बताएका छन् ।



मेस्सीले अदालतको आदेशकाे विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।



  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ८:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया