पेलेलाई उछिन्दै मेस्सी बने सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी

दक्षिण अमेरिकी फुटबल खेलाडीमध्ये सबैभन्दा गोल गर्ने सूचीमा पेलेलाई उछिन्दै लियोनल मेस्सी शीर्ष स्थानमा उल्किएका छन् । 

मेस्सीले युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लब ब्रुगगविरुद्ध ४–१ को सहज जित हात पर्दा दुई गोल गरेसँगै यो उपलब्धि हात पारेका हुन् ।

उनको पहिलो गोल खेल जीवनकै ७५७ औँ गोल थियो, योसँगै मेस्सी पेलेको कीर्तिमान बराबरी गरेका थिए ।

पेनाल्टीमार्फत मेस्सीले खेलको दोस्रो तथा आफ्नो करियरको ७५८ औँ गोल गरेर बने सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी ।

मेस्सीले अर्जेन्टिनाका लागि ८० र क्लबका लागि ६७८ गोल गरेका छन् । सर्वकालीन सर्वाधिक गोल गर्ने सूचीमा भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन ।    

रोनाल्डोले ८०१ गोल गरेका छन् । तीमध्ये पोर्चुगलका लागि ११५ र क्लबका लागि ६८६ गोल हुन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १६:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया