देउवा टिमको उपसभापतिमा गच्छदार र खड्का, महामन्त्रीकाे लागेन टुंगाे

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन ।

अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी नै छ ।  

सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ । 

पार्टीको १४औं महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १३:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया