थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २काे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार १८४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरी ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन् । संक्रमणबाट २ जना को मृत्यु भएको छ।  

बिहीबार निको हुनेको संख्या २६७ जना रहेको मन्त्रालयले जनाएको छ। 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १७:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया