सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई आगामी माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

निवर्तमान सिइओ भुवनकुमार दाहालको कार्यकाल सकिएसँगै पाण्डे सो पदमा नियुक्त भएका हुन् । पाण्डे २०७० सालदेखि सानिमा बैंकमा कार्यरत छन् । उनी असोज २०७८ देखि बैंककै नायव प्रमुखकार्यकारी अधिकृतमा नियुक्त भएका थिए । 

पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा उनको २६ वर्ष लामो अनुभव छ । 

फाइनान्समा एमबिए अध्ययन गरेका उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया