पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तर्राष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरूको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लिग नवाज (पिएमएल-एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो । 

प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल- एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् । 

शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री भुट्टो र सरिफ परिवारनिकट नेताहरूको आलोचना गर्दै उनीहरूले भ्रष्टाचारको प्रबद्र्धन गरेको र देशलाई तहसनहस गरेको आरोप लगाएका थिए । 

पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुवै पार्टी भएको उनले दाबी गरे ।

लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।  





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ७:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया