अफगानिस्तान– तालिबान लडाकु समूहले राखेको एम्बुसमा परी पश्चिमी अफगानिस्तानमा कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।
फराह प्रान्तमा आइतबार प्रहरी चढेको गाडीमा आक्रमण हुँदा कम्तीमा दुई प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालले जनाएको छ ।
तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । उसले २५ प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।
चारवटा गाडी ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको तालिवान प्रवक्ता क्वारी युसुफ अहमादीले बताए ।
केही दिनयता तालिबानले सरकारी फौजमाथि आक्रमण तीव्र बनाएको छ । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।