बेलायतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए एक लाख संक्रमित

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन हालसम्मकै उच्च संख्यामा संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड पुष्टि भएको छ ।

तीमध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट मृत्यु भएको छ । ८ हजारभन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन्  । 

तीमध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ६:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया