logo-img

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न भन्दै डाक्टर केसीले दिए उजुरी

चिकित्सा शिक्षा सुधारक अभियन्ता प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । 

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन माग गर्दै बृहत नागरिक आन्दोलनको तर्फबाट डा. केसीले विभागमा उजुरी दिएका हुन् । 

डा. केसीसहितका नागरिक अभियन्ताहरूले जबराको सम्पत्ति खोजबिन र अनुसन्धान गर्न माग गरेका हुन् । उजुरी लिएर विभागमा पुग्नेहरूमा डा. केसीसँगै नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहेका छन् । 

विभागमा दिएको उजुरीमा जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप लगाएका छन् । 

जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको करोडौं रुपैयाँ पत्नी रेजी राणा (क्षेत्री) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका-३० ठमेलमा ४० करोड बराबरको जग्गा किने उजुरीकर्ताको दाबी छ ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १४:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया