logo-img

सप्तरीको सरुंग नगरपालिकाका पाँच वडा बालविवाहमुक्त

राजविराज– सप्तरीको सरुंग नगरपालिकाका पाँचवटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । सरुंग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । 

सबल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित संगमको सहयोग तथा सरुंग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली कांग्रेसका नेता राम कमार, सेभ द चिल्डे«नका कार्यक्रम संयोजक रचना थापा, सबलका फिल्ड अधिकृत राधेश्याम राम, उपाध्यक्ष भूपेन्द्र साह, सरुंग नगरपालिकाका–६ का लीलाकान्त चौधरी, ७ का देवेन्द्र चौधरी, ८ का वडाध्यक्ष इन्द्रदेव चौधरी र प्रशासकीय अधिकृत राजकुमार दासले सराहनीय कार्य भएको भन्दै शुभकामना व्यक्त गरे । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १४:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया