खोपमा अहिलेसम्मकै रेकर्ड : एकैदिन लगाए साढे पाँच लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप

नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसविरुद्ध पाँच लाख ६८ हजार ३१९ जनालाई खाेप लगाइएकाे छ । नेपालमा पहिलाेपटक यति धेरै संख्यामा खाेप लगाइएकाे हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । यसअघि दिनमा दुई लाख जनाले खोप लगाएको रेकर्ड थियो । 

अहिले फाइजर र मोडर्ना खोप अभियान चलेकाले यो संख्या ह्वात्तै बढेको हो । १२ वर्षदेखि १८ वर्ष मुनिको उमेरसमूहका बालबालिकालाई मोर्डना खोप लगाउने कार्यक्रम चलिरहेको छ । त्यस्तै फाइजर खोप अभियान पनि जारी छ ।

हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा खोप लगाइसकिएको छ । जसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।  

नेपालले अहिलेसम्म तीन करोड ९२ लाख ३ हजार ९२७ डोज खोप प्राप्त गरेको छ ।

 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १७:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया