हाम्रा पुर्खाको बलिदानले नेपाली भनेर गर्व गर्न पाएका छन् : पारस शाह

पूर्वयुवराज पारस शाहले आफ्ना पुर्खाहरूको बलिदानका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । आफ्नो ५० औँ जन्मदिनका अवसरमा पारसले आफ्नो फेसबुकमार्फत एक टिप्पणी सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गर्ने आफ्ना पुर्खाप्रति उनले श्रद्धाञ्जलि अर्पणसमेत गरेका छन् ।

उनले लामो बाटो आइपुग्दा महत्त्वपूर्ण जीवन परिवर्तन गर्ने घटना देखेको बताएका छन् । उनले यी सबैको माध्यमबाट धेरै कुरा सिकेको उल्लेख गरेका छन् ।

पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रूपमा सांस्कृतिक विविधताबारे अनुभव गरेको पनि बताएका छन् ।

उनले ५० वर्षको उमेरसम्ममा परिवारको सहयोग र राम्रो स्वास्थ्य पाउन सक्नु नै आफ्ना लागि सुन्दर उपहार भएको बताएका छन् । जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निःस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

'परिवार र शुभचिन्तकको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको छ । त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने छ' उनले लेखेका छन् ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १६:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया