नवाजुद्दीनले गरे कंगनाको प्रशंसा, बलिउडमा चर्चा

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले बलिउडमा सधैं विवादमा आइरहने अभिनेत्री कंगना रनौटको खुलेर प्रशंसा गरेका छन् । 

उनले कंगनालाई अत्यन्त राम्रो निर्माता भनेपछि बलिउडमा यसले निकै चर्चा पाएको पनि छ । 

एक पत्रकार सम्मेलनमा सिद्दीकीले यस्तो बताएका हुन् । उनले कंगनाको काम गर्ने शैली र तरिका, उनले फिल्मलाई दिएको नयाँ पनको प्रशंसा गरेका थिए ।

सिद्दीकीले यसअघि टिकु वेड्स शेरु नामको फिल्ममा कंगनाको प्रोडक्सन हाउससँग काम गरेका थिए । त्यसो त फिल्म मणिकर्णिकामा पनि नवाजुद्दीनले काम गरेका थिए । यो फिल्म पनि कंगनाको ब्यानरले बनाएको थियो ।

यसअघि पनि बारम्बार कंगनालाई नवाजुद्दीनले तारिफ गर्दै आएका छन् । जब जब कंगनाको यस्तो तारिफ हुन्छ, यसबारे बलिउडमा चाहिँ निकै ठूलो चर्चा भइहाल्छ । किनकि उनलाई बलिउडकी कन्ट्रोभर्सी क्विनसमेत भनिन्छ ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १६:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया