logo-img

अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो [तस्विरहरू]

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ  । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटक भरिएका हुन् ।

शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ । भारतीय गाडीको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटक अत्यधिक रूपमा जनकपुर आएका छन् ।

कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकको भीड देखिएको छ । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौँको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन् ।



नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटक जनकपुर आएका छन् । अहिले जनकपुरको होटल पर्यटकले भरिभराउ भएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तिन चार वर्षपछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुसी व्यक्त गरे ।



अहिले भारतीय गाडीको चापसमेत अत्यधिक बढेको छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ ।

सीताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटक जनकपुर अत्यधिक रूपमा आउने गरेका छन् । तर, नयाँ वर्षमा अहिले अत्यधिक रूपमा पर्यटक आएका कारणले व्यापार र व्यवसायीसमेत राम्रै चलेको छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १४:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया